टाटाले ल्यायो दसैं लक्षित ‘बडा पर्वको बडा अफर’ योजना, नगद २ लाख छुटसहित सजिलो फाइनान्सिङ सुविधा



बिजमाण्डू
२०७९ असोज ४ गते ०९:४० | Sep 20, 2022


टाटाले ल्यायो दसैं लक्षित ‘बडा पर्वको बडा अफर’ योजना, नगद २ लाख छुटसहित सजिलो फाइनान्सिङ सुविधा


काठमाडौं। टाटा मोटर्सको नेपालका लागि गाडी बिक्रेता सिप्रदी ट्रेडिङले दसैंको लागि 'बडा पर्वको बडा अफर' योजना सार्वजनिक गरेको छ।

Tata
Global Ime

योजना अन्तर्गत टाटाका हरेक गाडीको खरिदमा दुई लाखसम्म नगद छुट हुने कम्पनीले जनाएको छ। साथै एक वर्षको सडक कर, सरल  फाइनान्सिङको सुविधा, एक्सचेन्ज बोनस लगायतका सुविधाहरु पनि उपलब्ध हुने अफरमा छ।

यसैगरी ३ वर्षसम्मको वारेन्टी पनि छ। कम्पनीका अनुसार यो योजना स्टकमा रहेका सीमित गाडीहरुका लागि मात्र ल्याइएको हो।

यो योजनाअन्तर्गतका ग्राहकले दसैं अगाडि नै गाडी पाउनेछन्। हाल सिप्रदीसँग टाटाको टियागो, नेक्सन, एच५, टिगोर, सफारी, एनआरजी, अल्ट्रोज, नेक्सन इभी र टिगोर इभी छन्।