राष्ट्र बैंकले तोकेको क्षेत्रमा बैंकहरुको लगानी न्यून, एसएमइ लगानी कम, कुन बैंकको लगानी कति?



बिजमाण्डू
२०७९ असोज ४ गते १०:५५ | Sep 20, 2022


राष्ट्र बैंकले तोकेको क्षेत्रमा बैंकहरुको लगानी न्यून, एसएमइ लगानी कम, कुन बैंकको लगानी कति?


काठमाडौं। बाणिज्य बैंकहरुले कृषि क्षेत्रमा कुल लगानी १२.३४ प्रतिशत पुगेको छ। कुल ऋणमा सरकारी स्वामित्वका तीन बैंकको १८.२४ प्रतिशत हिस्सा कृषिमा छ।

Tata
Global Ime

सरकारी बाहेकका निजी क्षेत्रका बैंकले कृषिमा ११.४१ प्रतिशत मात्र लगानी गरेका छन्। राष्ट्र बैंकको प्रावधान अनुसार कृषिमा ११ प्रतिशत लगानी हुनु पर्छ।

जलविद्युतमा सरकारी बैंकको ५.९३ प्रतिशत लगानी हुँदा निजी क्षेत्रका बैंकको ५.६८ प्रतिशत मात्र लगानी छ। २६ वटाको औषत लगानी ५.७१ प्रतिशत छ। जलविद्युतमा ६ प्रतिशत लगानी हुनु पर्ने नियामकीय प्रावधान छ। यसमा बैंकहरुको लगानी घटेको हो।

नेपाल विद्युत प्राधिकरणले उर्जा खरीद सम्झौता (पीपीए) गर्न छाडेकाले बैंकहरुले यतातिर लगानी कम गर्न थालेका हुन्। यसमा राष्ट्र बैंकले पनि धेरै कडाइ गरेको छैन।

यता साना तथा मझौला उद्यममा ११ प्रतिशत लगानी हुनु पर्नेमा बैंकहरुले ९.३९ प्रतिशत मात्र गरेका छन्। सरकारी स्वामित्वका बैंकले १९.७१ प्रतिशत लगानी गरेका छन्। यो नियामकीय प्रावधानभन्दा धेरै हो। निजी क्षेत्रका बैंकले लगानी गर्न नसकेका हुन्। उनीहरुले ७.७७ प्रतिशत मात्र लगानी गरेका छन्।

प्राथमिकता प्राप्त क्षेत्रमा सरकारी बैंकहरुले ४३.८८ प्रतिशत लगानी गर्दा निजी क्षेत्रका बैंकले २४.८६ प्रतिशत मात्र गरेका छन्। औषत लगानी २७.४४ प्रतिशत छ।