काठमाडौं। राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)को अध्यक्षमा कुशकुमार जोशी पुन: निर्वाचित भएका छन्। आइतबार हेटौंडामा भएको संस्थाको १६औं वार्षिक साधारण सभाबाट उनी पुन: चयन भएका हुन्।
संस्थाको उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दीपक मल्होत्रा, सचिवमा सरोजप्रसाद पाण्डे र सुरेश प्रधान चयन भएका छन्। संस्थाको सह कोषाध्यक्षमा विनायक शाह चयन भएका छन्।
संस्थाको कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ, लता प्याकुरेल, शिवप्रसाद घिमिरे, अशोक वैद्य, राजेश खड्का, रवीन्द्रमान सिंह प्रधान, अरनिको राजभण्डारी, मुकेशकुमार भट्टराई, रमेश शर्मा, राजेशबाबु श्रेष्ठ, डा. बबिन पोखरेल, खेम लेकाई, होमनाथ उपाध्याय र सनम शाक्य चयन भएका छन्।
संस्थाको सदस्यमा सुधीर मित्तल र डा. राजेन्द्र घिसिङलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ भने संस्थागत पदेन सदस्यमा नानीराज घिमिरे मनोनित भएका छन्। संस्थाको सल्लाहकार समितिमा संस्थापक अध्यक्ष पद्म ज्योति, राज्यमन्त्री उमेश श्रेष्ठ र गोपी न्यौपाने सदस्य छन्।


