सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो’, अरु ठाँउमा पनि आउँदै



बिजमाण्डू
२०७९ असोज ४ गते १८:१२ | Sep 20, 2022


सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो’, अरु ठाँउमा पनि आउँदै


काठमाडौं। महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले इलेक्ट्रिक थ्री-ह्विलर अटो 'ट्रियो' सुर्खेतमा सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार उक्त अटो सुर्खेतमा सार्वजनिक गरेको हो।

Tata
Global Ime

कम्पनीका अनुसार इलेक्ट्रिक थ्री-ह्विलर अटो लिथियम-आइओन ब्याट्रीबाट सञ्चालित हो। यो इलेक्ट्रिक थ्री-ह्विलर अटो 'ट्रियो' चितवन, हेटौंडा, धनगढी, जनकपुरधाम लगायतका स्थानहरुमा उपलब्ध छन्।

महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेतलगायतको उपस्थिति थियो।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ। महिन्द्राको अधिकृत इभी वितरक अग्नि इनर्जीले नेपालको विभिन्न ठाउँमा ट्रियो बिक्री गर्दै आएको छ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक पेट्रोल अटोको तुलनामा दुई लाख वचत गर्नसक्ने कम्पनीले जनाएको छ।

महिन्द्रा ट्रियो १० हजारभन्दा धेरै सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो।

'नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ। नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारीसाधनको शुभारम्भ गर्ने सही समय हो,' अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारीले भने।

जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्ने उनको भनाइ छ। उनका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्। उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ ट्रियोले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने उनको विश्वास छ।

ट्रियो ठुलो मात्र नभइ विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २ हजार ७३ मिलिमिटर व्हीलबेसका साथ उपलब्ध छ। यसमा जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको कम्पनीले जनाएको छ। यस सवारीसाधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ। पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज-एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्ने बताइएको छ।

दैनिक ‘इन्धन-ऊर्जा’ मा खर्च हुने रकम १०० भन्दा कम लाग्ने छ। यसलाई फूल चार्ज गर्न ८ युनिट विद्युत खपत हुन्छ भने एक फुल चार्जमा १२० किलोमिटर गुड्ने दाबी कम्पनीको छ।

यसमा ८ किलोवाटको ब्याट्री क्षमता रहेको छ भने त्यसले ४२ एनएमको टर्क उत्पादन गर्न सक्छ। यस्तै ८० हजार किलोमिटर ब्याट्रीमासहित ३ वर्षसम्म वारेन्टी रहेको कम्पनीले जनाएको छ। यसलाई चार्ज गर्न तपाईंको मोबाइल चार्ज गर्नु जत्तिकै सजिलो छ। घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।