दसैंमा चौपाया बेच्न ब्यापारीको यस्तो तयारी, दहचोकमा ६ करोडको लगानीमा नमुना खसीबजार



२०७९ असोज ५ गते १४:२८ | Sep 21, 2022


दसैंमा चौपाया बेच्न ब्यापारीको यस्तो तयारी,  दहचोकमा ६ करोडको लगानीमा नमुना खसीबजार


काठमाडौं।  बजारमा दसैंको चहलपहल सुरु हुँदै गर्दा काठमाडौंमा ब्यापारीहरुले खसीबोका भित्र्याउने तयारी गरिसकेका छन्। काठमाडौंको चौपाया खरिद बिक्री केन्द्रले  दसैंका लागि घटस्थापना लगत्तै खसीबोका ल्याउने गरी पहल थालिसकेको जनाएको छ।  

Tata
Global Ime

दशैं बजारको लागि बिक्री केन्द्रले २५ हजार खसीबोका घटस्थापना लगत्तै ल्याउने तयारी गरेको  केन्द्रका अध्यक्ष जीवनराज खड्काले बताए । अघिल्लो वर्ष ३५ हजारको हाराहारीमा खसीबोका ल्याएको केन्द्रले यो वर्ष परिमाण घटाएर मगाएको अध्यक्ष खड्काले जानकारी दिए ।

'महानगरले बजार हटाउन निर्देशन दिएपछि तयारी नगरी बसेका थियौं । यति बेला महानगरबाट कुनै पत्र नआएकोले दसैंका लागि अब तयारी सुरु गरेका हौं।'- उनले बताए ।

बजारमा व्यापारीहरुबाट खसी बजार मगाउन थालेको उनको भनाई छ। केन्द्रले यसपाली एक हजार भन्दा बढी च्याङग्रा ल्याउने बताएको छ ।

दशैंलाई नै लक्षित गर्दै नेपाल चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुपले  दहचोकमा  खसीबजार संचालनमा ल्याएको छ ।

यसअघि कलंकी खसीबजारमा  कारोबार गर्दै आएको कृषि ग्रुपले  यतिबेला चन्द्रागिरि नगरपालिकाको दहचोकमा चौपाया पालन, संकलन, खरिद बिक्री केन्द्रको नामले संचालन ल्याएका हुन् ।

करिब १७  रोपनीमा निर्माण भएको बजारमा १० हजारभन्दा बढी  खसीबोका राख्ने मिल्ने व्यवस्था छ ।

कृषि ग्रुपले गत वर्षको दशैंलाई लक्षित गरेर निर्माण सुरु गरेको थियो। गत वर्ष बजेटका कारण समयमा निर्माण नभएको बजार यो वर्ष भने संचालनमा आएको हो । उक्त खसी बजार एक महिनाअघिबाट संचालनमा आएको चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुपका अध्यक्ष दिपक थापाले बताए ।

 दसैंका लागि के छ तयारी ?

'दसैंलाई लक्षित गरेर बजार संचालनमा आएको हो।'- अध्यक्ष थापाले भने । – 'खसीबजार करिब ६ करोड लागतमा बनेको हो ।१० हजार वटा खसीबोका र भेडा च्याङग्रा अटाउने क्षमता छ।' 

खसीबोका  किसान तथा व्यापारीहरुको संजालका लागि  यो बजार निर्माण गरेको उनको भनाई छ।  नेपालकै नमुना खसीबजार निर्माण भएको उनले दावी गरे। खसीबजारमा सुरक्षाको मापदण्ड सहित बिक्री स्टल र बाहिर जिल्लाबाट ल्याएको खसीबोका राख्नको लागि छुट्दै होल्डिङ  सेन्टर पनि  बनाइएको छ ।

'उपत्यकामा विभिन्न ठाउँमा अबैधानिक रुपमा छरिएर बसेका व्यापारीहरुलाई वैधानिक रुपमा राज्यको नीति  नियम अनुसार संचालन गर्ने गरी बजारको निर्माण गरेको'; अध्यक्ष थापाले बताए । 

यतिबेला महानगरले उपत्यकामा संचालित खसी बजारहरु हटाउन निर्देशन दिएको छ । कलंकी खसीबजार सँगै टुकुचा खसीबजार लगायत अन्य खसीबजार हट्ने सम्भावना छ ।' वातारणलाई असर  र अवस्वस्थित बजारहरु घटाउनु सरकारको राम्रो पहल हो'।

यसकारण पनि कृषि ग्रुपले सबै बजारलाई समेटेर व्यवस्थित नमुना खसीबजार निर्माण गरेको छ । यहाँ सबै व्यापारी तथा किसानहरुलाई जुनसुकै सयमा पनि कारोबार गर्न रोक नहुने कृषि ग्रुपले जनाएको छ। 

 साथै,  होल्डिङ सेन्टर, चेकपोइन्ट सरकारको अनुमतिमा संचालन भएको बजारमा छरिएर बसेका किसानहरुले सिधै ल्याएर बिक्री गर्न सक्ने छन् । यसमा विचौलियाको हाबी नहुने उनको भनाई छ।  बाहिरबाट ल्याएका खसीबोका करेन्टाइनमा राखेर चेकजाच गरे पछिमात्र बिक्री गर्ने व्यवस्था गरिएको छ।

उनका अनुसार स्वास्थ खसिको मूल्य र अस्वास्थ खसीको त्यसैअनुसार विक्री हुन्छ। बजारमा ३६ वटा सटर ४० वटा खसीबोका भेडा च्याङग्रा खरिद बिक्री स्टल,  संकलन ,जोख्ने स्थान, स्टक तथा खोर ५ वटा,  उपचार तथा स्वास्थ परिक्षण स्थल, होल्डिङ बिट, होटल ,पार्किङ सहकारि, सहुलियत मासु पसल ,व्यवसायिक आवासको व्यवस्थापन लगायतको व्यवस्था रहेको छ ।

दसैंमा कति परिमाण चौपाया ल्याउने तयारी नगरेको कृषि ग्रुपले जनाएको छ। यस समयमा अरु बेलाभन्दा बढि चौपाया आउने हुनाले कुनै लक्ष्य नराखेको अध्यक्ष थापा बताउँछन् । 

केही व्यापारीहरुले खसीबोका ल्याएर बिक्री गर्न सुरु गरेका छन् । व्यापारीहरु दशैंको  लागि खसीबोका र च्याङग्रा ल्याउन विभिन्न जिल्लामा पुगेका छन् । उनका अनुसार हाल बजारमा दैनिक एक सयभन्दा बढी खसीबोका आउने गरेका छन्।

दसैंका लागि घटस्थापनादेखि थप खसीबोका आउने थापाले बताए । उनले थोरै परिमाणमा च्याङ्ग्रा आउने सम्भावना रहेको जानकारी दिए ।