नाडा विद्युतीय सवारी साधन एक्स्पोमा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरिँदै



बिजमाण्डू
२०७९ असोज ५ गते १८:३१ | Sep 21, 2022


नाडा विद्युतीय सवारी साधन एक्स्पोमा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरिँदै


काठमाडौं। अग्नि ग्रुपले नाडा विद्युतीय सवारी साधन अटो एक्स्पोमा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने भएको छ।

Tata
Global Ime

बिहीबारबाट सञ्चालन हुने नाडामा नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो  झोर नेपाली बजारमा ल्याउने छ।

ट्रीयो झोर नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप हो, जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीका लागि प्रयोग हुन्छ।

महिन्द्रा ट्रीयो  झोरको मूल्य आकर्षक रहेको विज्ञप्तिमा उल्लेख छ। अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न ३ भेरियन्टमा उपलब्ध छ।

अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम-आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ, ट्रीयो  झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर कम्पनीले जनाएको छ।

यस पटकको नाडा इभि अटो एक्स्पो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउने छन्।

दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक  सवारी साधनहरुमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेकोे जानकारी कम्पनीले गराएको छ। 

यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र पिकअप खरिद गर्नेका लागि असोज एक २०७९ देखि कात्तिक १५  सम्म लागू हुनेछ।