
काठमाडौं। सुनको मूल्य बिहीबार पुनः बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँले बढ्दै प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार एक सय ८५ रुपैयाँ कायम भएको छ।
बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १६६२ १५ डलर र चाँदी १९ ४४ डलरमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतिऔंस १६६२.१२ डलर र चाँदी १९.२७ डलर थियो।