साथीमार्टको दसैं लक्षित योजना ‘डिजिटल दसैं’, मार्टमा सपिङ गर्दा क्यासब्याक र उपहार दुवै पाइने



बिजमाण्डू
२०७९ असोज ६ गते १३:४८ | Sep 22, 2022


साथीमार्टको दसैं लक्षित योजना ‘डिजिटल दसैं’, मार्टमा सपिङ गर्दा क्यासब्याक र उपहार दुवै पाइने


काठमाडौं। रिटेल चेन कम्पनी साथीमार्टले मुलुकभर दसैं-तिहार लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले यस अन्तर्गत ‘साथीमार्टको डिजिटल दसैं, क्यासब्याक पनि उपहार पनि’ अभियान सुरु गरेको जनाएको छ।

Tata
Global Ime

‘यस अभियानअन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन्। ग्राहकले हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट पाउर्न सक्नेछन्।’-कम्पनीका संस्थापक सागर पोखरेलले भने।

ग्राहकले सपिङ गरे पश्चात खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ मा पनि सहभागित हुन सक्ने उनले जानकारी दिए।

उनका अनुसार यो योजना सकिएलगत्तै ‘लक्की ड्र’ मार्फत १० जना भाग्यशाली बिजेता छनोट गरिनेछ। यस अन्तर्गत सात प्रदेशका सात जना बिजेताले इलेक्ट्रिक किटली र तीन जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा क्रमशः वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुलो प्राप्त गर्न सक्नेछन्।

ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, मदिरालगायत सबै सामाग्रीमा यो योजना लागू हुने जनाइएको छ।

ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआइसी एसिया, इ–सेवा, फोन–पे लगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार भाद्र ३० गतेदेखि सुरु भएको यो योजना कात्तिक १४ गतेसम्मका लागि लागू हुनेछ।

हाल कम्पनीले देशभर ३० भन्दा बढी जिल्ला र ६० भन्दा बढी शहर गरी एकसय ८ वटा अफलाइन सपिङ स्टोर पनि सञ्चालन गर्दै आएको छ।