भृकुटीमण्डपमा सुरु भयो विद्युतीय सवारीसाधनको मेला, यस्ता छन् गाडी र बाइक, हेर्नुस् तस्बिरमा



बिजमाण्डू
२०७९ असोज ६ गते १६:२२ | Sep 22, 2022


भृकुटीमण्डपमा सुरु भयो विद्युतीय सवारीसाधनको मेला, यस्ता छन् गाडी र बाइक, हेर्नुस् तस्बिरमा


काठमाडौं। बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरे। त्यसका लागि अहिले पनि स्टल बनाउने काम धमाधम भइरहेको छ। नाडा अटोमोबाइल एशोसिएसनले आयोजना गरेको यो प्रदर्शनीमा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका छन्।

Tata
Global Ime

यस्तै धेरै जसो कम्पनीहरुले नयाँ स्कुटर तथा बाइकहरु मात्र सार्वजनिक गर्ने योजना बनाएका छन्। स्टल निर्माण तथा बुकिङको लागि कम्पनीहरुले २० लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च गरेका छन्।

टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले नेक्सन इभी, नेक्सन इभी डार्क र टिगोर इभीलाई पनि प्रदर्शनीमा राखेको छ। कम्पनीले नेक्सन इभीमा बिक्रीमा आकर्षक योजना ल्याएको छ।

हुन्डाई गाडी बिक्री गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक-५ र कोना प्रदर्शनीमा राखेको छ।

एक्स्पोमा टेस्लाले पनि आफ्नो गाडी राखेको छ। टेस्लाको आधिकारिक बिक्रेता कम्पनीले टेस्लाको वाई मोडलको दुईवटा गाडी प्रदर्शनीमा राखेको छ। एनइभी नेपाल प्रालिले ज्याक इभी एक्स्पोमा राख्नेछ। यो चिनियाँ ब्रान्डको विद्युतीय जीप हो।

श्री इको भिजनरीले दुई वटा मोडल सिटी स्प्रिट र लङमा प्रदर्शनीमा राखेको छ। यस्तै सिजी मोटर्सले नेटा भी प्रदर्शनीमा राखेको छ।

दुई पांग्रेमा धेरै नयाँ मोडल देखिने

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटीले हिरो इलेक्ट्रिक स्कुटर एक्स्पोमा राखिएको छ। कम्पनीका अनुसार हिरो इलेक्टिक स्कुटर बुकिङ गर्नेहरुका लागि अफर समेत ल्याउने जनाएको छ।

एक्स्पोमा १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रिक स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। यो अवधिमा हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै बम्पर लक्की ड्रमार्फत जर्मन ब्राण्ड बोस्चको बासिङ मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ।

सेगवेको नयाँ इ-११० मोडलको बाइक एक्स्पोमा सार्वजनिक हुने भएको छ। डिललाइफ स्टाइलले बिक्री गर्दै आएको सुपर शोको ब्रान्डको नयाँ विद्युतीय बाइक एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो एक पटकको फुल चार्जमा २०० किलोमिटर दुरी पार गर्न सक्ने नयाँ बाइक हो।

यस्तै योमा एमए ई मोटर्सले पनि नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने भएको छ। यो कम्पनीले टेल्जी ब्रान्डको स्कुटरहरु नेपालमा बिक्री गर्दै आइरहेको छ।

यसैगरी नेपालमा हाल बिक्री भइरहेका पुराना मोडलका स्कुटर तथा बाइकहरु एक्स्पोमा हुनेछन्। जसमा लेभनेङ, एनआईयु, याडिया, जीहो, डुहान, जोए, आइमा, प्युर र लेक्टो ब्रान्डका स्कुटर तथा बाइकहरु एक्स्पोमा रहनेछन्।