​​​​​​​सुनको मूल्य एक हजार बढेर पुग्यो प्रतितोला ९२ हजार ८ सय, चाँदी पनि तोलाको १२ सय



बिजमाण्डू
२०७९ असोज ७ गते १०:५७ | Sep 23, 2022


​​​​​​​सुनको मूल्य एक हजार बढेर पुग्यो प्रतितोला ९२ हजार ८ सय, चाँदी पनि तोलाको १२ सय



काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको छ।

Tata
Global Ime

बिहीबार ५ सय बढ्दा प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँ भएको छ। निकै पछि चाँदी पुनः तोलाको १२ सय भएको हो। बिहीबार १५ रुपैयाँ बढ्दा प्रतितोला ११  सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको कारोबार मूल्य बढेको छ। बिहीबार प्रतिऔंस १६६२.७५ डलर रहेको सुन १६६८.६८ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि प्रतिऔंस १९.४४ डलरबाट बलियो हुँदै शुक्रबार प्रतिऔंस १९.५६ डलर पुगेको छ।