खुकुरी रम उत्पादकको न्यूड सुपेरियर भोड्का आयो, ‘राइसबेस्ड पहिलो नेपाली भोड्का’



बिजमाण्डू
२०७९ असोज ७ गते १३:५० | Sep 23, 2022


खुकुरी रम उत्पादकको न्यूड सुपेरियर भोड्का आयो, ‘राइसबेस्ड पहिलो नेपाली भोड्का’


काठमाडौं। खुकुरी रम उत्पादन गर्दै आएको कम्पनी नेपाल डिस्टीलरिजले ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ ।

Tata
Global Ime

‘न्यूड सुपेरियर भोड्का’ नेपालको पहिलो राइसबेस्ड भोड्का भएको कम्पनीको दावी छ।  अतिरिक्त चिनी नमिसाइएको तथा ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री भएकाले यो भोड्का उत्कृष्ट स्तरको भएको  जारी बिज्ञप्तीमा उल्लेख छ। राइसबेस्ड भएका कारण यसमा प्राकृतिक मिठास पाउन सकिने बताइएको छ।

स्थानीय सामाग्रीहरुमात्र प्रयोग गरी  ४० वर्षभन्दा बढी अनुभवी अन्तराष्ट्रिय स्तरका  ब्लेण्डर क्रिस्टोफर आम्र्सले यसको डिजाइन गरेको कम्पनीले जानकारी दिएको छ। यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको अनुभव नहुने बताइएको छ।

भोड्कालाई चिसो बनाई पिउने विश्वव्यापी प्रचलन अनुसार नै ‘न्यूड सुपेरियर भोड्का’ पनि पिउन कम्पनीले सुझाव दिएको छ।

उत्पादकका अनुसार यो भोड्कालाई  सन् २०१९ देखि नै विकास गर्ने काम सुरु भएको थियो। ‘न्यूड सुपेरियर भोड्का’ विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरुमा व्यापक परीक्षण र प्रतिक्रिया संकलन गर्ने काम सुरु भएको थियो। यस क्रममा सहभागीहरुले ‘न्यूड’को स्वादलाई रुचाएकाले कम्पनीले यसलाई बजारमा ल्याएको बताएको छ।  

कम्पनीका महाप्रबन्धक सुभाष लामिछाने भन्छन्- 'स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष छ। ‘न्यूड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्वीडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टीलरिज’का अन्य ब्राण्डजस्तै पुनः रिफिल गर्न सकिन्न ।’

विदेशमा बन्ने प्रिमियम गुणस्तरको भोड्का स्वदेशमै तयार भएकोले त्यस्ता पेय पदार्थ आयात गर्नुपर्ने बाध्यता हट्ने महाप्रबन्धक लामिछानेले  दावी गरे।

राजधानीमा भएको फेसन विकअन्तर्गत डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र नायिका साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा ‘न्यूड सुपेरियर भोड्का’ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।