धरान औद्योगिक क्षेत्रले गर्‍यो चार उद्योगसँगको सम्झौता रद्द, ‘जग्गा ओगटेर राखे, उद्योग गरेनन्’



बिजमाण्डू
२०७९ असोज ८ गते ११:१२ | Sep 24, 2022


धरान औद्योगिक क्षेत्रले गर्‍यो चार उद्योगसँगको सम्झौता रद्द, ‘जग्गा ओगटेर राखे, उद्योग गरेनन्’



काठमाडौं। जग्गा ओगटेर राखेको लामो समयसम्म उद्देश्यअनुसारको काम नगरेका चार उद्योगसँग औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्झौता रद्द गरेको छ।

Tata
Global Ime

धरान औद्योगिक क्षेत्रभित्र जग्गा ओगटेर राखेका सूर्य कत्था उद्योग, जानकी प्रोडक्ट्स, नेपाल न्युज नेटवर्क इन्टरनेशनल र शुभम् वाटर उद्योगसँगको सम्झौता रद्द गरेको हो।

जानकी प्रोडक्ट्स लामो समयदेखि बन्द छ। उद्योग पुनः सञ्चालन नगरेकाले त्यसले ओगटेको ३.३८ रोपनी जग्गा खाली गराउन सम्झौता रद्द गरिएको हो।

सूर्य कत्था उद्योगले प्रस्तावअनुसार प्रयोग नगरी ३.११ रोपनी जग्गा ओगटेर खाली राखेको छ।

नेपाल न्युजले ३ रोपनी र शुभम् वाटरले १.७० रोपनी जग्गा ओगटेर त्यसै छाडेको धरान औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। 

पटक पटक सूचीत गर्दा पनि सम्झौताअनुसारको काम गरेको नपाइएकाले ३५ दिने सूचना जारी गरिएको कार्यालयले जनाएको छ।