१९ किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ, साइकलमा चढेर जीउभरी पोका पोकामा चाँदी



बिजमाण्डू
२०७९ असोज ९ गते १३:२४ | Sep 25, 2022


जनकपुरधाम। नेपालतर्फ साइकलमा आइरहेका एक भारतीय नागरिक १९ किलो चाँदीसहित पक्राउ परेका छन्। धनुषाको जटही नाकाबाट भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो।

Tata
Global Ime

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झा रहेको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले बताए। 

जटही नाका भएर साइकलमा नेपाल आएका उनको जीउमा चाँदीको पोकाहरु बाँधेर ल्याएको भेटिएको खड्काले जानकारी दिए। बरामद १९.४१७ केजी चाँदी १९ लाख ६४ हजार ३ सय ४० रुपैयाँ बराबरको छ।  

पक्राउ परेकाको साथबाट एउटा साइकल, मोबाइल र घडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। चाँदी र पक्राउ परेका भारतीय नागरिकलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।