प्रभु बैंकका ग्राहकले हेटौंडाको चुरे हिल हस्पिटलमा छुट पाउने, आइसीयुबाहेकको सेवामा १५% छुट



बिजमाण्डू
२०७९ असोज ११ गते १९:१३ | Sep 27, 2022


प्रभु बैंकका ग्राहकले हेटौंडाको चुरे हिल हस्पिटलमा छुट पाउने, आइसीयुबाहेकको सेवामा १५% छुट



काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले हेटौंडाको चुरे हिल हस्पिटलको विभिन्न सेवामा छुट पाउने भएका छन्। छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। 

Tata
Global Ime

बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोकप्रताप साह र चुरे हिल हस्पिटलका तर्फबाट प्रशासनिक प्रमुख रवीन्द्रकुमार थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। 

प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकहरुले चुरे हिल हस्पिटलले सञ्चालन गरिरहेको आइसीयुबाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ। 

यस्तै, फार्मेसीमा पाइने औषधि शुल्कमा पनि ५ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ। 

यो सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ।