हुण्डाईले सुरु गर्‍यो सर्भिस क्याम्पेन, फ्रन्टलाइनरले गाडी मर्मतमा विशेष छुट पाउने



बिजमाण्डू
२०७९ असोज १२ गते ०९:१८ | Sep 28, 2022


काठमाडौं। हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले 'मुभिङ टुआर्डस् न्यु नर्मल' सर्भिस क्याम्पेन योजना सुरु गरेको छ।

Tata
Global Ime

कम्पनीले भक्तपुरमा रहेको एलआई सर्भिस सेन्टरमा हुन्डाई मोटर्स इन्डिया लिमिटेडका विनोद कुमार र प्रवीन कुमारको सहभागितामा मंगलबार उक्त क्याम्पेनको शुरुवात गरिएको जनाएको छ।

कम्पनीका अनुसार पोस्ट कोभिड सुरु गरिएको 'मुभिङ टुआर्डस् न्यु नर्मल' एक सर्भिस क्याम्पेन हो, जसमा हेल्थ फ्रन्टलाइनर, डाक्टर तथा मेडिकल क्षेत्रमा आबद्ध व्यक्तिहरुले  विशेष सहुलियतमा मर्मत सेवा लिन सक्नेछन्। 

योजना अन्तर्गत फ्रन्टलाइनरलाई मर्मत तथा स्पेयर पार्टमा ५ देखि १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ। मर्मत सेवामा लेबर चार्ज भने निःशुल्क गरिने जानकारी कम्पनीले दिएको छ। 

नेपालभर रहेका १७ वटा सर्भिस सेन्टरबाट यो सेवा लिन सकिने कम्पनीले जनाएको छ।