जगदम्बा मोटर्सले एकै दिन खोल्यो ३ वटा नयाँ शोरुम, देशभर १४० पुग्यो डिलर सञ्जाल



बिजमाण्डू
२०७९ असोज १२ गते १९:०० | Sep 28, 2022


जगदम्बा मोटर्सले एकै दिन खोल्यो ३ वटा नयाँ शोरुम, देशभर १४० पुग्यो डिलर सञ्जाल


काठमाडौं। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले घटस्थापनाको अवसरमा तीनवटा नयाँ शोरुम खोलेको छ। 

Tata
Global Ime

कम्पनीले परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रालि, काठमाडौंको कपनमा युआर मोटर्स एन्टरप्राइज प्रालि र दाङको घोराहीमा नेबेल ट्रेडिङ गरी तीनवटा शोरुम एकै दिन उद्घाटन गरेको जनाएको छ। 

जगदम्बा मोटर्सले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल फैलाइसकेको छ। 

गुणस्तरीय उत्पादन, आफ्टर सेल्स सर्भिस र देशभर जगेडा पार्ट्सहरुको उपलब्धता मार्फत उपभोक्तालाई राम्रो सेवा दिइरहेकाले टिभिएस नेपालको सर्वाधिक रुचाइएको दुई पांग्रे ब्राण्ड बनेको कम्पनीले जनाएको छ।