प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक, १४ दिनका लागि बैंक वित्तीय संस्थालाई पैसा दिँदै



बिजमाण्डू
२०७९ असोज १३ गते ०९:२० | Sep 29, 2022


काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। तरलता संकटले थिचिएका बैंकहरुलाई राष्ट्र बैंकले १४ दिनका लागि पैसा दिन लागेको हो।

Tata
Global Ime

ट्रेजरी बिल धितो राखेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा उपलब्ध गराउन लागेको हो।

गत साता मात्रै राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्न चाहेको थियो।

राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन खोजे पनि ब्याज महँगो परेपछि पुरै पैसा दिएन।

केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा पैसा पठाउन लागेको हो।