सूर्य नेपालले मंगलदीप पूजा अगरबत्तीमा अफर ल्यायो, धेरै बट्टासहितको फेस्टिभ प्याक सार्वजनिक



बिजमाण्डू
२०७९ असोज १३ गते १६:३९ | Sep 29, 2022


काठमाडौं। सूर्य नेपाल प्रा.लि.ले मंगलदीप पूजा अगरबत्तीको विभिन्न “फेष्टिभ प्याकहरू" सार्वजनिक गरेको छ ।

Tata
Global Ime

चाडपर्वमा अत्यधिक मात्रामा पूजा अगरबत्तीको माग तथा खपत हुने हुनाले यी फेष्टिभ प्याकहरू बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

यी फेष्टिभ प्याक अन्तर्गत चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा थ्री इन वान प्याक बजारमा उपलब्ध छन् ।

साविक भन्दा धेरै काँटी तथा बट्टाहरूसहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर, चन्दन तथा लाभेण्डर प्लस चन्दन टु इन वान अगरबत्ती प्याकहरू पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यी सबै उत्पादनहरू देशभरका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा रहने बताइएको छ।

चाडपर्वलक्षित फेस्टिभ प्याक सिमित अबधिको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।