इसेवाले सार्वजनिक गर्‍यो दसैंलक्षित योजना, भाग्यशाली विजेतालाई काठमाडौं-दिल्ली टिकट उपहार



बिजमाण्डू
२०७९ असोज १३ गते १६:४७ | Sep 29, 2022


इसेवाले सार्वजनिक गर्‍यो दसैंलक्षित योजना, भाग्यशाली विजेतालाई काठमाडौं-दिल्ली टिकट उपहार


काठमाडौं। डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले दसैंलक्षित आकर्षक योजना सार्वजनिक गरेको छ। ‘दसैंको उमङ्ग, डिजिटल सपिङ्गसँग’ नाम दिइएको यो योजना अन्तर्गत इसेवामार्फत कारोबार गर्ने भाग्यशाली ग्राहकले उपहार स्वरुप काठमाडौं-दिल्ली टिकट जित्न सक्ने कम्पनीले जनाएको छ।

Tata
Global Ime

कम्पनीका अनुसार इसेवा दसैं स्पेशल अन्तर्गत एक रुपैयाँमा भाग लिँदा एक जना भाग्यशाली विजेताले यो उपहार जित्न सक्ने इसेवाले जनाएको छ। योजना अन्तर्गत दुईजना भाग्यशाली विजेताले रियलमी नाइनआई फाइभजी मोबाइल पाउने छन्। २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स प्याकेज प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यो अफरमा सहभागी भइ विजेता बन्ननसकेका ग्राहकको एक रुपैयाँ भने फिर्ता हुने जनाइएको छ।

यसैगरि प्रयोगकर्ताले इसेवामा दसैं अफर सेग्मेन्टमा गइ विशेष छुटमा सिजी, आइएनए सेन्टर, आइटिटिआइ लगायतका ब्राण्डका सामग्री खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यसअन्तर्गत रेफ्रिजेरेटर, ल्यापटप, वासिङ मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गर्न सकिने जनाइएको छ।

अफर अवधिभर अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्दा एकजनाले काठमाडौं-कतारको राउन्ड ट्रिप टिकट प्राप्त गर्न सक्ने बताइएको छ।  इन्टरनेटको बिल तिर्ने प्रयोगकर्ता मध्ये हरेक दिन एकजनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यसैगरी दराज डिस्काउन्ट भौचर मार्फत एक सय रुपैयाँदेखि एक हजार एक सय रुपैयाँसम्मको खरिद गर्दा २५० रुपैयाँ रिवार्ड पोइन्ट, दुईसय देखि २१ सयसम्म ५ सय, ५ सय देखि ५१ सयसम्मको खरिदमा १२५० रुपैयाँ रिवार्ड पोइन्ट पाउन सकिने जनाइएको छ।

यस अफर अन्तर्गत इसेवामार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत, क्लब हिमालयमा १० प्रतिशत, हाम्रो श्रृंगारमा ५ प्रतिशत, टिएसआरमोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिने जनाइएको छ।

कम्पनीले हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा दिँदै आएको छ।