आफ्नो सबैभन्दा ठूलो बजार अमेरिकामा टिकटकको नयाँ योजना, लाइभ सपिङका लागि साझेदारी गर्दै



बिजमाण्डू
२०७९ असोज १६ गते १६:१९ | Oct 2, 2022


टिकटकले उत्तर अमेरिकामा लाइभ सपिङ प्लाटफर्म सुरु गर्नका लागि लसएन्जलसमा रहेको टकसपलाइभसँग आफ्नो सञ्चालन आउटसोर्सिङ गर्नको लागि साझेदारीको कुरा अघि बढाएको छ।

Tata
Global Ime

फाइनान्सियल टाइम्सको एक रिपोर्टका अनुसार यी दुई कम्पनीहरूले  सम्झौतालाई अन्तिम रूप दिइरहेका छन्।

अमेरिकालाई टिकटकको सबैभन्दा ठूलो बजारको रुपमा गणना गरिएको बेला उक्त साझेदारी हुन लागेको हो।  साथै चिनियाँ-स्वामित्वको टिकटकको प्रयोगकर्ताहरूको डेटाको सुरक्षामा प्रश्न उठाउँदै अमेरिकी सांसदहरूबाट छानबिनको सामना पनि टिकटकले गरी नै रहेको छ।

दुबै कम्पनीले यस सम्झौता बारेमा हालसम्म कुनै प्रतिक्रिया भने दिएका छैनन्। बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको लाइभ शपिङ प्लाटफर्म टिकटक अहिलेसम्म  थाइल्याण्ड, मलेसिया र भियतनाम लगायत एशियाली बजारहरूमा उपलब्ध छ। यो गत वर्ष यूकेमा लन्च गरिएको थियो।

टिकटक सपमार्फत यसका प्रयोगकर्ताहरूले लाइभ प्रसारणको क्रममा एपमा लिङ्कहरू मार्फत उत्पादनहरू किन्न सक्छन्। लस एन्जलसमा रहेको टकसपलाइभ एपले पनि यही अवधारणामा काम गरिरहेको छ। टकसपलाइभले आफूलाई ‘लाइभ स्ट्रिमिङ, सामाजिक खरिद र बिक्री प्लाटफर्म" को रूपमा वर्णन गर्दछ।

यसले वालमार्टमा एम्बेड गर्न मिल्ने भिडियोहरू मार्फत किनमेल गर्न मिल्ने सामग्री उपलब्ध गराउन गत वर्ष अमेरिकी रिटेलर वालमार्टसँग सम्झौता पनि गरेको थियो। (रोयटर्सबाट साभार)