पाँच दिनमै रित्तियो खाद्य कम्पनीमा खसीबोका र च्याङग्राको स्टक, खसीबजार डुल्दै उपभोक्ता



२०७९ असोज १७ गते ०९:५४ | Oct 3, 2022


पाँच दिनमै रित्तियो खाद्य कम्पनीमा खसीबोका र च्याङग्राको स्टक, खसीबजार डुल्दै उपभोक्ता


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका र च्याङग्राको स्टक सकिएको छ।

Tata
Global Ime

कम्पनीले गत बुधबारबाट दसैं लक्षित खसीबोका र च्याङग्राको बिक्री सुरु गरेको हो। बिक्री सुरु गरेको ५ दिनमा कम्पनीमा स्टक सकिएको छ। दसैंका लागि कम्पनीमा १८ सय वटा खसीबोका र ५ सय वटा च्याङग्रा भित्रिएको थियो।

यति बेला कम्पनीमा सबै खसीबोका र च्याङग्रा बिक्री भइसकेको कम्पनीले जनाएको छ। शनिबारसम्म कम्पनीमा खसीबोकाको बिक्री कम थियो। फुलपातीको दिनमा सबै खसीबोका र च्याङग्रा बिक्री भएको छ। उपभोक्ताले राख्ने ठाउँको अभाव भएपछि यो वर्ष फुलपातीको दिनमा मात्र खरिद गरेका हुन्।

अहिले कम्पनीमा केही मात्र बोका र च्याङग्रा बाँकी रहेको छ। कम्पनीले खसीबोकाको माग धेरै नै आइरहेमा फेरि खरिद गरेर ल्याउने समेत बताएको छ।

कम्पनीले दसैंका लागि खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ८० रुपैयाँ तोकेको छ भने च्याङग्रा प्रतिकेजी १२ सय ६० रुपैयाँ छ। यसमा पनि कम्पनीले बोका र च्याङग्रामा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरेको हो।

कम्पनीले यो वर्ष २ हजार खसीबोका र एक हजार गोटा च्याङग्रा बिक्री गर्ने भनेको थियो। गत वर्ष पनि कम्पनीले १८ सय हाराहारीमा खसीबोका बिक्री गरेको थियो । पोहोर च्याङ्ग्रा महंगो भएकोले बिक्री गरेको गरेको थिएन।

कम्पनीले  तुलसीपुर, मकवानपुर, वीरगंज, धादिङ ,नुवाकोट र बनेपा लगायतका जिल्लाबाट खसीबोका र च्याङ्ग्रा दार्चुलाबाट ल्याएको हो। यस पालि खाद्य कम्पनीले खसीबोका र च्याङग्रा खरिदका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको थियो।

काठमाडौं चौपाया खरिद बिक्री केन्द्रले  धमाधम खसीबोका बिक्री गरिरहेको छ। केन्द्रले यो दसैंमा २५ हजार हाराहारीमा खसीबोका बिक्री गर्ने बताएको छ।