अमेरिकी सर्वोच्च अदालतद्वारा  एप्पलको क्वालकम प्याटेन्टहरु रद्दको अपिल अस्वीकार



बिजमाण्डू
२०७९ असोज १८ गते १०:२१ | Oct 4, 2022


अमेरिकी सर्वोच्च अदालतद्वारा  एप्पलको क्वालकम प्याटेन्टहरू रद्दको अपिल अस्विकार गरेको छ। दुई कम्पनीहरू पहिले नै सम्झौतामा पुगिसकेको भन्दै अदालतले सो निर्णय गरेको हो।

Tata
Global Ime

यस अघि पनि जुनमा एप्पलले अर्को दुई क्वालकम प्याटेन्टहरूलाई चुनौती दिँदै तल्लो अदालत पुगेको थियो। तर एप्पलको सो अपिललाई पनि अदालतले अस्विकार गरेको थियो।

एप्पल र क्वालकम बीच लामो समयदेखि कानुनी लडाई चलिरहेको छ। सन् २०१७ मा क्वालकमले एप्पलको आईफोन, आईप्याड र एप्पल वाचहरूमा प्रयोग हुने मोडेम प्रविधिको प्याटेन्टमा उल्लङ्घन गरेको आरोपमा एप्पल विरुद्ध मुद्दा दायर गरेको थियो।

जवाफमा एप्पलले यो मामलामा मुद्दामा रहेको पेटेन्टको वैधतालाई अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयको पेटेन्ट ट्रायल र अपिल बोर्डमा चुनौती दिएको थियो।

एप्पलले पहिले क्वालकमबाट मोडेम चिप्स सोर्स गर्थ्यो। दुई कम्पनीबीच व्यापारिक छलफल हुँदा छोटो अवधिको लागि एप्पलले इन्टेलबाट चिप्स सोर्स गरेको थियो। सन् २०२९मा दुबै कम्पनीहरू एक सम्झौतामा पुगेर सामान्य रूपमा व्यापार पुनः सुरु गरेका थिए। सम्झौतामा हजारौं क्वालकम प्याटेन्टहरूको लागि एप्पल लाइसेन्स समावेश थियो, तर प्याटेन्ट-बोर्ड कार्वाही भने जारी राख्न अनुमति दियो।

एप्पलले अझै पनि मोडेम चिप निर्माताले राखेका दुई प्याटेन्टहरूका कारण भविष्यमा क्वालकमले मुद्दा दायर गर्ने जोखिम महसुस गरेर पेटेन्ट-विशेषज्ञका लागि अदालतमा अपिल गरेको थियो। क्वालकमले सेटलमेन्ट अवधि सकिएपछि २०२५ सम्ममा फेरि मुद्दा हाल्न सक्छ भन्ने अनुमानमा यो अपिल गरिएको हो। एप्पलले सन् २०२४ फलको आईफोनहरूमा क्वालकम मोडेमहरूलाई  आफ्नै फाइभजी चिपहरूले  प्रतिस्थापन गर्ने योजना बनाएको छ। (रोयटर्सबाट)