भारतमा चाडबाडको समयमा पनि एफएमसिजी प्रोडक्टहरुको उपभोग बढ्न सकेको छैन। यसबाट सर्वसाधारणको आम्दानी घट्दै गएको प्रति चिन्ता बढेको छ। दुर्गापूजा र दिपावली जस्ता चाडहरु भएपनि सेप्टेम्बरमा एफएमसिजी प्रोडक्टको बिक्री घटेपछि चिन्ता बढेको हो। सेप्टेम्बरमामात्रै एफएमसिजी प्रोडक्टहरुको बिक्रीमा १० प्रतिशतले कमी आएको रिटेल एनालिटिक्स प्लाटफर्म बिजकमको एक सर्वेक्षणले देखाएको छ।
गत अप्रिलमा गत वर्षको तुलनामा यस वर्ष वस्तु तथा सामाग्रीको मूल्य १५ देखि २० प्रतिशतले बढेको देखिएको थियो।
अगस्टमा ग्रोसरीको बिक्रीमा ६ प्रतिशतले बृद्धि भएको थियो। तर फेरि सेप्टेम्बरमा यो ओरालो लाग्यो। भारतमा दुर्गापूजा र दिपावली मनाइँदै गर्दा देशभरका किसाना स्टोरले स्टक घटाएका छन्। बिक्री नबढ्ने आशंकामा स्टोरहरुले स्टक घटाएका हुन्।
रिटेल एनालिटिक्स प्लाटफर्म बिजकमको अध्ययन अनुसार चाडबाडो समय भएकाले एफएमसिजीहरुको माग बढ्न सक्ने अपेक्षा थियो।
'त्यसैले सेप्टेम्बरमा कम्पनीहरुले आक्रमक तरिकाले स्टक राख्न थालिसकेका थिए। तर ब्यापारीहरुले स्टक अनुसार सामान बेच्न सकेनन्।'- विप्रो कन्ज्युमर केयरका निरज खत्रीले बताए।
दुर्गापूजापछि दिपावली आउनुअघिको दुई साता भारतमा ग्राहकले धेरै सामाग्रीहरु किन्ने समय हो। यसपटक अप्रिलमै कन्ज्युमर इन्फ्लेसन उच्च बिन्दूमा पुगिसकेको छ। रुस र युक्रेन युद्धका काण विश्वभर वस्तको मूल्य बढिरहेको छ भने खाद्यसामाग्रीहरुको पनि संकट उत्पन्न भएको छ।
गत वर्षको तुलनामा यस वर्ष वस्तुको मूल्य १५ देखि २० प्रतिशतले बढिसकेको छ। यसअघि कच्चा तेल तथा पाम आयलको मूल्यमा थोरै मूल्य घट्दा एफएमसिजी कारोबारमा केही फाइदा पुग्ने अपेक्षा गरिएपनि त्यसो हुन सकेन।
महंगीदर उच्च हुँदा दुर्गापूजापछि दिपावलीमा पनि बिक्रीमा असर पर्ने अनुमान गरिएको छ। बिजकमले भारतका करिब ७५ लाख खुद्रा किराना पसलेहरुसँगको कुराकानीका आधारमा यस्तो अनुमान गरेको हो।
गत अगस्टमा खाने तेलको मूल्यमा प्रति लिटर १० भारुले कटौती गरिएको थियो। गत तीन चार महिनामा खाने तेलको मूल्य २५ रुपैयाँसम्म तल झरेको छ। तरपनि यसको बिक्री बढ्न सकेको छैन। घरायसी सामाग्रीको खपतमा ५ देखि ९ प्रतिशतको गिरावट आएको देखिएको छ। प्याकेटका खाद्य पदार्थको बिक्री पनि घटेको छ।
पार्ले प्रोडक्टका एक उच्च तहमा कार्यरत कर्मचारीका अनुसार फेस्टिभ सिजनको सुरुवात तथा त्यसपछि पनि लगातार कन्ज्युमर प्रोडक्टको बिक्री प्रभावित भैरहेको छ। प्याकेटका सामाग्रीको मूल्य बढ्नाले यी सामाग्रीहरुको बिक्री कम भएको हो।