ट्‍वीटरले आफ्ना पेड सब्स्क्राइबरहरुका लागि सुरु गर्‍यो नयाँ सुविधा, अब ट्‍वीट एडिट गर्न मिल्ने



बिजमाण्डू
२०७९ असोज २१ गते १०:३० | Oct 7, 2022


काठमाडौं। ट्‍वीटरले अमेरिकामा रहेको पेड सब्स्क्राइबरहरुलाई एडिट बटनको सुविधा दिन सुरु गरेको छ। कम्पनीले दिएको जानकारी अनुसार उक्त सेवा अमेरिका अघि क्यानडा, अष्ट्रेलिया र न्यूजिल्यान्डमा सुरु भइसकेको छ। 

Tata
Global Ime

यी देशका ट्‍वीटर प्रयोगकर्ताहरुले लामो समयदेखि आफ्नो ट्‍वीट परिमार्जन गर्नलाई एडिट बटनको सुविधा दिन आग्रह गर्दै आएका छन्।कम्पनीले औपचारिक ट्‍वीट गर्दै एडिट बटनलाई थप बिस्तार गर्दै जाने र अहिलेलाई ट्‍वीटरको ब्लू मेम्बर्स (भेरिफाइड भएका एकाउन्ट) हरुलाई मात्रै यो सेवा सुरु गरिएको जनाएको छ। अमेरिकामा ट्‍वीटरले एडिट बटन परीक्षणको क्रममा रहेको जनाएको छ। 

विश्वभरका ट्‍वीटर प्रयोगकर्ताहरुले टाइप एरोरलगायतका कारण देखाउँदै एडिट बटनको सुविधा दिनुपर्ने माग गर्दै आएका छन्। तर, ट्‍वीटरसहित अन्यले भने ट्‍वीट परिमार्जन गर्न दिने सुविधाले गलत सूचना फैलाउन मद्दत पुग्नेदेखि गम्भीर समस्या निम्त्याउने बहस गर्दै आएका छन्। 

गत सेप्टेम्बरमा ट्‍वीटरले सब्स्क्राइबर जसले मासिक ४.९९ अमेरिकी डलर तिरेर ट्‍वीटर ब्लू लिएका छन् उनीहरुले आफ्नो ट्‍वीटरमा केही पटक परिमार्जन गर्न सक्ने जनाएको थियो। तर उक्त ट्‍वीट सार्वजनिक भएको ३० मिनेट भित्र एडिट गर्न मिल्ने जनाएको थियो।

एडिट गरिएका ट्‍वीटमा छुट्टै आइकनदेखि टाइमस्ट्याम्प रहने ट्‍वीटरले जनाएको छ।