विद्युतीय कारबाट चल्ने विश्वको पहिलो ‘होटल हुन्डाई’, १९ अक्टोबरदेखि ५ नोभेम्बरसम्म खुला हुने



बिजमाण्डू
२०७९ असोज २१ गते १४:२३ | Oct 7, 2022


विद्युतीय कारबाट चल्ने विश्वको पहिलो ‘होटल हुन्डाई’, १९ अक्टोबरदेखि ५ नोभेम्बरसम्म खुला हुने


काठमाडौं। विद्युतीय कारबाट चल्ने विश्वको पहिलो होटल बेलायतमा निर्माण भएको छ। उक्त होटलमा हुन्डाई र ब्रोडकास्टर ग्रेस डेन्टले हुण्डाई आयोनिक ५ बाट बिजुली प्र्दान गरी नयाँ कन्सेप्टबाट होटल संचालन गर्ने योजना बनाएका हुन्।

Tata
Global Ime

यो एक अस्थायी अवधारणा हो। यो होटल १९ अक्टोबरबाट ५ नोभेम्बरसम्म १४ रातको लागी मात्र खुला हुनेछ। यो होटल विद्युतको पहुँच नपुगेको बेलायतको अन्गर भन्ने ग्रामीण इलाकामा निर्माण गरिएको छ। जसमा सबै बिजुली हुन्डाई आयोनिक ५ को एडाप्टर मार्फत प्रदान गरिएको छ।

ग्रामीण परिवेशमा आनन्द लिन चाहने ग्राहकहरूले होटल हुन्डाईमा यात्राको समय आराम गर्न र बस्न सक्नेछन्। यहाँ स्थानीय रूपमा रहेको स्रोत, अर्गानिक खाना, ग्रामीण भेगमा पाउने पेयपदार्थहरू र जंगलको रमणिय दृश्यहरू समेतको मज्जा लिन सक्नेछन्।

सिनेमा बिनाको होटल कस्तो होला ? यसको पनि यस होटलमा राम्रो व्यवस्था गरिएको छ। पाहुनाहरूलाई बाहिरी संसारबाट टाढा राख्न साइटमा एक सिनेमाघर पनि छ। हुण्डाईले आयोनिक ५ द्वारा संचालित प्रोजेक्टरलाई सिनेमा घरमा परिवर्तन गरेको छ। साथै गुणस्तरीय स्पिकरहरू राखिएको छ।  साथै त्यहाँ पपकर्न मेसिन छ। जसले गर्दा सिनेमा हेर्ने समयमा आफै पपकर्न बनाएर खान सकिन्छ।

होटेलमा विलासी क्याबिन छ जहाँ बत्ती, चार्जिङ प्वाइन्ट, नुहाउने ठाउँमा तातोपानीको सुविधा पनि दिइएको छ। 

हुन्डाईका अनुसार यो होटल बेलायती जनतालाई बस्न चाहने मात्र होइन स्थानीय व्यवसायलाई सहयोग गर्न, स्थानीय अर्थतन्त्रलाई मद्दत गर्न र स्थानीय किसानहरूबाट प्राप्त आर्गानिक सामग्रीबाट स्थानीय खानामा रमाउन इच्छुक व्यक्तिहरूको लागि सिर्जना गरिएको थलो हो। 

विद्युतीय कारलाई बिजुलीको स्रोतको रूपमा पनि प्रयोग गर्न सक्ने कुरा यस होटलले  थप स्पष्ट पारेको छ।