टाटा टियागो इभीको टेस्ट ड्राइभ डिसेम्बरको अन्त्यबाट, भारतमा ५०० भन्दा धेरै बुकिङ



बिजमाण्डू
२०७९ असोज २२ गते १४:२३ | Oct 8, 2022


काठमाडौं। टाटा मोटर्सले भर्खरै सार्वजनिक गरेको 'टाटा टियागो इभी' को टेस्ट ड्राइभ डिसेम्बरको अन्त्यबाट सुरु हुने भएको छ। कम्पनीका अनुसार मुम्बई र वरपरका क्षेत्रमा टियागो इभीका लागि ५०० भन्दा बढी अनौपचारिक बुकिङ भइसकेका छन्।

Tata
Global Ime

बुकिङ अक्टोबर १० बाट सुरु हुने र २०२३ को जनवरीसम्ममा ग्राहकले डेलिभरी पाउने कम्पनीले जनाएको छ। यसको मूल्य भारु ८ लाख ४९ हजारदेखि ११ लाख ७९ हजारसम्म रहेको छ।

टाटाले ठूलो लङ रेन्ज २४ किलोवाट ब्याट्री प्याक भएको टियागो इभी उत्पादनलाई प्राथमिकतामा राखेको बताएको छ। लक्जरी सेग्मेन्टको टियागो एक्सजेड प्ल्स टेक लक्स सबैभन्दा रुचाइएको भेरियन्ट रहेको जनाएको छ। साथै टिल ब्लू र प्रिस्टाइन ह्वाइट मनपर्ने कलर विकल्पहरू हुन्।

टियागो भारतमा हालसम्म कै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हो। कम्पनीका अनुसार यो गाडीमा दुईवटा ब्याट्री प्याकको विकल्प दिइएको छ। जसमा एउटा १९.२ किलोवाट क्षमताको छ भने यसले एक पटकको फुल चार्जमा २५० किलोमिटर दुरी पार गर्न सकिन्छ। यस्तै अर्को २४ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले जनाएको छ।

यसैगरी यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ।

यसमा स्पोर्ट मोडको पनि उपलब्ध छ। यसको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ।