काठमाडौं। दसैं सकिएसँगै सुनको मूल्य बढेको छ। दसैंका कारण ९ दिनदेखि सुनको नयाँ मूल्य कायम गरिएको थिएन। साताको पहिलो दिन आइतबार भने सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ। गत साता सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेर प्रतितोला १२ सय ५५ रुपैयाँ पुगेको छ। गत साता प्रतितोला ११ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आइतबार एकै दिन तोलामा ८५ रुपैयाँ बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १६९४.८५ डलरमा करोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतिऔंस २०.१३ डलर छ।