अर्थमन्त्री शर्मालाई रुकुम पश्चिमबाट टिकट, पूर्व अर्थमन्त्री पुनलाई रोल्पा १, कुलमानले पाएनन्



बिजमाण्डू
२०७९ असोज २३ गते १२:२३ | Oct 9, 2022


अर्थमन्त्री शर्मालाई रुकुम पश्चिमबाट टिकट, पूर्व अर्थमन्त्री पुनलाई रोल्पा १, कुलमानले पाएनन्


काठमाडौं। पूर्व अर्थमन्त्री बर्षमान पुनले रोल्पा १ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्।

Tata
Global Ime

माओबादी नेता पुनलाई अध्यक्ष पुष्पकमल दाहालले टिकट दिएका हुन्। उनकी श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्तीले काठमाडौं २ बाट टिकट पाएकी छिन्। 

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट टिकट पाएका छन्। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि १२ः३० मा मनोनय पत्र दर्ता गरेका छन्। 

ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर ३ बाट टिकट पाएकी छिन्। 

काठमाडौंबाट माओबादीको टिकटमा निर्वाचन लड्ने भनिएका विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने टिकट पाएनन्।