नायिका रेखा थापाले मोरङमा उम्मेदवारी दर्ता गराइन्, निर्वाचन कार्यालय पुग्दा प्रहरीको सेल्फी



बिजमाण्डू
२०७९ असोज २३ गते १३:१२ | Oct 9, 2022


काठमाडौं। अभिनेत्री रेखा थापाले प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टी ( राप्रपा) बाट उम्मेदवारी दर्ता गराएकी छन्।

Tata
Global Ime

आइतवार मोरङको क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

उम्मेदवारी दर्ता गर्न उनीसँगै उनका श्रीमान् पनि देखिएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न जाँदा सुरक्षामा खटिएका प्रहरीले थापासँग सेल्फी लिइरहेका थिए।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आज बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।