सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट, सोमबार सुन प्रतितोला ९५ हजार २ सय, चाँदी पनि घट्यो



बिजमाण्डू
२०७९ असोज २४ गते ११:०४ | Oct 10, 2022


सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट, सोमबार सुन प्रतितोला ९५ हजार २ सय, चाँदी पनि घट्यो


काठमाडौं। साताको पहिलो दिन बढेको सुनको मूल्य पुन: घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ८ सय रुपैयाँले घटेको हो।

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य सोमबार तोलामा २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा ८५ रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ थियो।

अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १६८६.१२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.७२ डलर छ । आइतबार सुन प्रतिऔंस १६९४.८५ डलर र  चाँदीको मूल्य भने प्रतिऔंस २०.१३ डलरमा कारोबार भएको थियो।