डुकाटीको प्रिमियम बाइक ‘मल्टीस्ट्राडा भीफोर पाइक्स पिक’ मोडल सार्वजनिक, मूल्य भारु साढे ३१ लाख



बिजमाण्डू
२०७९ असोज २५ गते १३:३३ | Oct 11, 2022


डुकाटीको प्रिमियम बाइक ‘मल्टीस्ट्राडा भीफोर पाइक्स पिक’ मोडल सार्वजनिक, मूल्य भारु साढे ३१ लाख


काठमाडौं। डुकाटीले प्रिमियम बाइक 'मल्टीस्ट्राडा भीफोर पाइक्स पिक' मोडल सार्वजनिक गरेको छ। डुकाटीले आफ्नो 'फ्ल्यागशिप एडभेन्चर टुरर'को रूपमा यस प्रिमियम स्पोर्टी बाइकलाई बजारमा ल्याएको हो।

Tata
Global Ime

'मल्टीस्ट्राडा भी-फोर पाइक्स पिकमा पनि पहिलेकै मोडलमा रहेको कम्पोनेन्टहरु उपलब्ध छन्। यसमा कुनै परिवर्तन गरिएको छैन। यसमा लिक्विड-कूल्ड ११५८ सीसी क्षमताको इन्जिन छ।

यसैगरी यसमा रहेको इन्जिनले १७० हर्सपावरको क्षमतासहित १२५ एनएम टर्क उत्पादन गर्दछ। साथै यसमा ६-स्पीड गियरबक्स छ।

एल्युमिनियम मोनोकोक फ्रेम र ब्रेकिङ हार्डवेयरको सिस्टम पनि पहिलेको मोडलमा जस्तै छ। यसमा सिटको उचाइ ८१०-८६० एमएमको बीचमा छ।

यसमा नियमित मल्टिस्ट्राडा भीफोरमा पाइने २२-लिटरको इन्धन ट्यांकी पनि छ। यसको मूल्य भारतमा ३१ लाख ४८ हजार भारु तोकिएको छ।