काठमाडौं। चालु आर्थिक वर्षको २ महिना (साउन-भदौ) मा जीवन बीमा कम्पनीहरुले २६ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन्।
बीमा समितिले जारी गरेको आर्थिक वर्ष २०७८/७९ को भदौमसान्तसम्मको विवरण अनुसार, १९ जीवन बीमा कम्पनीहरुले २६ अर्ब ६० करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन्। जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्र १० अर्ब ५७ करोड बीमा शुल्क उठाएका थिए।
चालु आर्थिक वर्ष भदौ महिनासम्ममा सबै भन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ। कम्पनीले ७ अर्ब ६२ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको हो।
आर्जन गर्ने दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स छ। कम्पनीले ३ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
बीमा शुल्क धेरै आर्जन गर्नेमा तेस्रो स्थानमा लाइफ कर्पोरेसन नेपाल रहेको छ। कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
चौथो स्थानमा युनियन लाइफ इन्स्योरेन्सले रहेको छ। कम्पनीले एक अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
सिटिजन लाइफले एक अर्ब रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ भने सुर्या लाइफ इन्स्योरेन्सले ९६ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। मेट लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९२ करोड ९० लाख रुपैयाँ संकलन गरेको छ।
त्यस्तै , राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क ८३ करोड ८८ लाख रुपैयाँ छ। प्राइम लाइफ इन्स्योरन्सको बीमा शुल्क ७७ करोड ८० लाख रुपैयाँ छ। सन नेपालले ७० करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। ज्योती लाइफ इन्स्योरेन्सले ६९ करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ।
आइएमई लाइफ इन्स्योरेन्सले ६३ करोड १९ लाख, रिलायबल लाइफ ५९ करोड, प्रभु लाइफ ३९ करोड ८० लाख, सानिमा लाइफ ३७ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्
साथै ,महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबै भन्दा कम २९ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ।


