
काठमाडौं। दुई दिनदेखि घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। बुधबार सुन २ सय रुपैयाँले बढ्दै कारोबार मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १२ सय रुपैयाँले घट्दा प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य भने घटेको छ। तोलामा १५ रुपैयाँ घट्दा कारोबार मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १५ रुपैयाँ घट्दा प्रतितोला १२ सय १५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १६१७.९० डलर र चाँदी १९.१३ डलर छ। मंगलबार सुन प्रतिऔंस १६३२.८१ डलर र चाँदी १९.६५ डलरमा कारोबार भएको थियो।