
काठमाडौं। साटा 'साउथ एसियन ट्राभल अवार्ड' ले नेपाललाई उत्कृष्ट साहसिक पर्यटकीय गन्तव्यका रूपमा सम्मान गरेको छ। साटाले आफ्नो छैटौं संस्करणको अवसरमा नेपाललाई यो अवार्ड गरेको हो।
मालदिभ्समा आयोजित कार्यक्रममा साटाका उपाध्यक्ष फैजल नसीमले यो अवार्ड दक्षिण एसियाकै पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।
दक्षिण एसियाका ६ वटा मुलुकको सहभागिता रहेको यो अवार्डको प्रतिस्पर्धामा पाँच सय क्षेत्रले यो आवेदन दिएका थिए।
साटाका अध्यक्ष इजमेल अमीद र उपाध्यक्ष सुरज खानले अवार्ड नेपाली प्रतिनिधि टेकबहादुर महतलाई हस्तान्तरण गरेका छन्।
समारोहमा होटल सोल्टी, एयरपोर्ट होटल, अलोफ्ट होटल ठमेल, एभरेष्ट होटल, मेघौली सेराइ चितवन, फन रेसिडेन्सी चितवन लगायत नेपाली होटलले विभिन्न विधामा अवार्ड पाएको साटाले जनाएको छ।