पठाओ र छिटो पैसाबीच सहकार्यको सम्झौता, डिजिटल वालेटमार्फत भुक्तानी गर्न सकिने



बिजमाण्डू
२०७९ असोज २६ गते १२:५४ | Oct 12, 2022


पठाओ र छिटो पैसाबीच सहकार्यको सम्झौता, डिजिटल वालेटमार्फत भुक्तानी गर्न सकिने


काठमाडौं। राइड सेयरिङ प्लेटफर्म पठाओ र डिजिटल वालेट छिटो पैसाबीच सहकार्यको सम्झौता भएको छ।

Tata
Global Ime

पठाओका सेवा प्रयोगकर्तालाई विना झन्झट रकम भुक्तानीका लागि यो सम्झौता गरेको जनाइएको छ।

सम्झौतापत्रमा पठाओ नेपालका निर्देशक शशांक शमशेर थापा र छिटो पैसा (डिजिटल वालेट) का सहसंस्थापक प्रवीन रेग्मीले हस्ताक्षर गरेका हुन्।

छिटो पैसा वालेट एप प्रयोग गर्दा सेवाग्राहीले पठाओका सजिलै राइडर, फुडम्यान र क्याप्टेनलाई रकम भुक्तानी गर्न सक्नेछन्।

राइडर, फुडम्यान र क्याप्टेनले पनि सोही एपबाटै पठाओलाई दिनुपर्ने रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।

चार वर्षअघि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले काठमाडौं र चितवनमा सेवा दिँदै आएको छ।