ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा क्याम्पस र आयुर्वेद शिक्षण अस्पतालमा वृक्षरोपण



बिजमाण्डू
२०७९ असोज २६ गते १३:४८ | Oct 12, 2022


ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा क्याम्पस र आयुर्वेद शिक्षण अस्पतालमा वृक्षरोपण


काठमाडौं। ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालयको क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षरोपण गरिएको छ।

Tata
Global Ime

त्रिवि आयुर्वेद क्याम्पस प्रमुख प्राडा.शिवमंगल प्रसाद र ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर कार्यक्रमको उद्‍घाटन गरेका हुन्।

विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ बनाउन वृक्षरोपण गरिएको हो। क्याम्पस परिसर तथा शिक्षण अस्पताल भवनदेखि मूल सडकसम्म चाँप, राजवृक्ष, पारिजात, शिरीस, अमलालगायत विभिन्न प्रजातिका विरुवा रोपिएको छ। यसका साथै उक्त स्थानमा विरुवाको सुरक्षाको लागि 'ट्री गार्ड' समेत लगाइएको छ ।

कार्यक्रममा विश्वविद्यालयको आयुर्वेद क्याम्पस प्रमुख प्राडा. शिवमंगल प्रसाद, त्रिविका कानुनी सल्लाहकार नारायण खनाल, आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. विनोदकुमार सिंह, प्रशासकीय प्रमुख कुमार केसी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारीहरुको सहभागिता थियो।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको जनाएको छ।