सिद्धार्थ बैंकको नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग, अस्पताल मर्मतमा प्रयोग गरिने



बिजमाण्डू
२०७९ असोज २६ गते १७:१२ | Oct 12, 2022


सिद्धार्थ बैंकको नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग, अस्पताल मर्मतमा प्रयोग गरिने


काठमाडौं। सिद्धार्थ बैंकले वीरगंजस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

Tata
Global Ime

यसको समन्वय तथा सहजीकरण गैरनाफामुलक संस्था राउण्ड टेबल नेपालले  गर्नेछ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले गरेका छन्।

सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, संस्थाका नेशनल प्रेशिडेन्ट, नगर प्रमुख तथा स्थानिय उद्योगपति, व्यवसायिहरुको उपस्थिति रहेको थियो।

बैंकबाट प्राप्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरुका लागि निमार्णधिन भवनको सिभिल, फिनिसिङ्ग तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ। यो सहयोगबाट विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।