
काठमाडौं। चालु आर्थिक वर्षको भदौसम्म १९ निर्जीवन बीमा कम्पनीले ७ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
बीमा समितिले सार्वजनिक गरेको आव २०७९/८० को भदौ मसान्तसम्मको वित्तीय विवरणमा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन्।
भदौमा मात्र कम्पनीहरुले ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। जुन गत साउनको भन्दा ३१ प्रतिशतले कम हो। चालु आवको पहिलो महिनामा कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।
भदौ मसान्तसम्मा सबैभन्दा धेरै बीमा शुल्क राष्ट्रिय बीमा संस्थानले आर्जन गरेको छ। कम्पनीको कुल बीमा शुल्क आर्जन एक अर्ब २० करोड ४७ लाख रुपैयाँ छ।
शिखर इन्स्योरेन्स दोस्रो स्थानमा छ। कम्पनीले भदौ मसान्तसम्मा ६७ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ। तेस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स छ। कम्पनीले ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
मर्जर भएर स्थापना भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको २ महिनामा ५६ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ। सिर्द्धाथ इन्स्योरेन्सले ५४ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
त्यस्तै, नेको इन्स्योरेन्सले ५३ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। एनएलजी इन्स्योरेन्सले भदौसम्म ४३ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ। प्रिमियर इन्स्योरेन्सले ४१ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
उक्त अवधिमा नेपाल इन्स्योरेन्सले कम्पनीले ३१ करोड ५२ लाख, दि ओरियन्टल इन्स्योरेन्सले ३१ करोड ४४ लाख, अजोड इन्स्योरेन्सले ३१ करोड ३१ लाख, लुम्बिनी इन्स्योरेन्सले ३० करोड ७२ लाख, प्रभु इन्स्योरेन्सले २९ करोड ८५ लाख, आइएमई इन्स्योरेन्सले २८ करोड १८ लाख, नेसनल इन्स्योरेन्सले २५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका छन्।
यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले २५ करोड ४३ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले २० करोड १३ लाख, जनरल इन्स्योरेन्सले १८ करोड ८८ लाख र सानिमा जनरलले १८ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ।