राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउँदै, सात दिनका लागि मात्र तरलता उपलब्ध



बिजमाण्डू
२०७९ असोज २६ गते १७:३८ | Oct 12, 2022


काठमाडौं। बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ।

Tata
Global Ime

राष्ट्र बैंकले रिपो मार्फत प्रणालीमा पैसा पठाउन लागेको हो। यसको अवधि सात दिनको हुने छ। बैंकहरुले बोलकबोलमार्फत ब्याज निर्धारण गर्ने छन्। जसको बढि ब्याज हुने छ उसैले पैसामा प्राथमिकता पाउने छ।

बैंकहरुले बुधबार १४ अर्ब १० करोड रुपैयाँ स्थायी तरलता सुविधा सापटी चलाएका छन्। पछील्लो दुई दिन तुलनात्मक रुपमा कम सापटी लिएका बैंकले बुधबार १४ अर्ब बढि लिएका हुन्।

बजारमा अहिले तरलता अभाव चर्किएको छ। एकातिर निक्षेप बढेको छैन भने अर्कोतिर सरकारले पुरानो ऋण भुक्तानी गर्नुको साटो नवीकरण गरिरहेको छ।