इलन मस्क पर्फ्युम व्यवसायमा, लन्च गरेको केही घण्टामै बेचे १० हजार बोटल, कमाए १० लाख डलर



बिजमाण्डू
२०७९ असोज २६ गते १८:२१ | Oct 12, 2022


इलन मस्क पर्फ्युम व्यवसायमा, लन्च गरेको केही घण्टामै बेचे १० हजार बोटल, कमाए १० लाख डलर



काठमाडौं। विश्वका सबैभन्दा धनी इलन मस्कले पर्फ्युम लन्च गर्दै केही घण्टामै त्यसको बुकिङबाटै १० लाख अमेरिकी डलर कमाएका छन्। 

Tata
Global Ime

‘बर्न्ट हेयर’ नामक पर्फ्युमको १० हजार बोटल बुकिङ गर्दै मस्कले केही घण्टामै १० लाख डलर कमाएका हुन्। 

पर्फ्युमको मूल्य प्रति बोटल १०० डलर (हालको विनियम दर अनुसार १३,१६७ रुपैयाँ) तोकिएको छ। यो पर्फ्युम सन् २०२३ को पहिलो त्रैमासबाट मात्रै सिपिङ सुरु गर्ने बुझिएको छ। 

पछिल्लो समय मस्क टेस्ला, रकेट कम्पनी स्पेस एक्सदेखि साना व्यवसायीमा हात हाल्दै गएका छन्। गत साता ४४ अर्ब डलरमा भाँडिएको ट्‌वीटर खरिद प्रक्रिया पुन: सुरु गर्ने योजनामा मस्क छन्।