सिभिल बैंकले पशुपति क्षेत्रका बिरुवा जोगाउन दियो २०० वटा ट्री-गार्ड, मूल्य ८ लाख रुपैयाँ



बिजमाण्डू
२०७९ असोज २७ गते ०९:०८ | Oct 13, 2022


सिभिल बैंकले पशुपति क्षेत्रका बिरुवा जोगाउन दियो २०० वटा ट्री-गार्ड, मूल्य ८ लाख रुपैयाँ


काठमाडौं। सिभिल बैंकले पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ।

Tata
Global Ime

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत उपलब्ध गराएको हो।  सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले ट्री–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालाई गरेका छन्।

बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब ८ लाख रुपैयाँ रहेको छ। 

सिभिल बैंकले यसअघि पनि पशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ। 

कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो।