हुन्डाईले अब ल्याउने नयाँ मोडेलका गाडीहरूमा सफ्टवेयर अपडेट गर्ने, १३ अर्ब डलर लगानी गर्ने घोषणा



बिजमाण्डू
२०७९ असोज २७ गते ०९:३३ | Oct 13, 2022


हुन्डाईले अब ल्याउने नयाँ मोडेलका गाडीहरूमा सफ्टवेयर अपडेट गर्ने, १३ अर्ब डलर लगानी गर्ने घोषणा


काठमाडौं। हुन्डाईले अब आउने नयाँ मोडेलका गाडीहरूमा सफ्टवेयर अपडेट गर्ने भएको छ। कम्पनीले मंगलबार आगामी सबै मोडलहरुमा सफ्टवेयर उपडेट गर्ने योजना अघि सारेको छ। जसका लागि कम्पनीले १३ अर्ब डलर लगानी गर्ने समेत घोषणा गरेको छ।

Tata
Global Ime

यस सफ्टवेयर अपडेटहरूमा कनेक्टिभिटी, फिचर र सुरक्षा सुविधाहरू पनि समावेश हुने कम्पनीले जनाएको छ। उक्त सफ्टवेयर सन् २०२५ देखि हुन्डाई समूहका सबै कारहरूमा उपलब्ध हुनेछन्।

हुन्डाई मोटर ग्रुप (एचएमजी), जसमा हुन्डाई, किया र जेनेसिस ब्रान्डहरू समावेश छन्। यसले सन् २०२५ देखि विश्वव्यापी रूपमा सफ्टवेयर डिफाइन्ड भेहिकल (एसडीभी) मात्र बिक्री गर्ने घोषणा गरेको हो। साथै २०२५ मा दुई नयाँ प्लाटफर्महरू लन्च गर्ने समेत घोषणा गरेको छ।

कम्पनीले उक्त सफ्टवेयर र आर एण्ड डी विकासको लागि १३ अर्ब डलर लगानी गर्ने भएको हो। यी घोषणाहरू समूहको 'अनलक द सफ्टवेयर एज' अनलाइन ग्लोबल फोरममा गरिएको थियो।

एसडीजीले प्रणालीद्वारा गाडीमा रहेको सुविधा र कार्यहरू मुख्य रूपमा सफ्टवेयरद्वारा सञ्चालन हुन्छन्। यो यस समूहको सबै हुन्डाई, किया र जेनेसिस कारहरूले गाडी खरिद गरिसकेपछि सुरक्षा र कार्यसम्पादन वृद्धि गर्न सक्ने दाबी कम्पनीको छ।

यो सफ्टवेयर अपडेड दुवै इभी र इन्धन गाडीमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यो सेवा सुरुमा २०२१ मा सुरु गरिएको थियो र २०२३ सम्ममा यो समूहका तीनवटा ब्रान्डका सबै मोडलहरूमा उपलब्ध हुनेछ।

यसैगरी कम्पनीले २०२५ मा दुई नयाँ इभी प्लाटफर्महरू इएम र इएस निर्माण गर्ने जनाएको छ। कम्पनीका अनुसार इएम प्लाटफर्ममा आधारित मोडेलहरूले हाल भएका इभी मोडलको भन्दा ५० प्रतिशत बढी ड्राइभिङ रेन्ज प्रदान गर्ने बताइएको छ। यस्तै इएस प्लाटफर्ममा एक स्केटबोर्ड डिजाइन हुनेछ जसले डेलिभरी, लजिस्टिक र कार हेलिङ जस्ता धेरै सेवाहरूको लागि उद्देश्यले निर्मित सवारी साधनहरूलाई जोड दिने कम्पनीले जनाएको छ।