अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपनि स्थानीय बजारमा भने स्थिर, चाँदीको मूल्य भने घट्यो



बिजमाण्डू
२०७९ असोज २७ गते ११:०० | Oct 13, 2022


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपनि स्थानीय बजारमा भने स्थिर, चाँदीको मूल्य भने घट्यो



काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्यवृद्धि भएपनि स्थानीय बजारमा भने ९४ हजार २ सय रुपैयाँको स्थिरता देखिएको छ।

Tata
Global Ime

बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा करोबार भएको थियो ।

चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँ थियो। 

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १६६७.६० डलर पुगेको छ। बुधबार सुन प्रतिऔंस १६१७.९० डलरमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य प्रतिऔंस १९.१३ बाट घटेर १८.९८ डलरमा कारोबार भइरहेको छ।