सयपत्री हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचीकृत, आइतबारबाट दोस्रो बजारमा कारोबार हुने



बिजमाण्डू
२०७९ असोज २७ गते १५:३५ | Oct 13, 2022


सयपत्री हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचीकृत, आइतबारबाट दोस्रो बजारमा कारोबार हुने


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार सयपत्री हाइड्रोपावर लिमिटेडको साधारण सेयर सूचीकृत भएको छ।

Tata
Global Ime

बिहीबार नेप्से र हाइड्रोपावर कम्पनीबीच भएको सम्झौता अनुसार दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी कम्पनीको ३० लाख कित्ता सेयर सूचीकृत भएको छ।

उक्त सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरिएको ३ लाख कित्ता, सर्वसाधारणलाई बिक्री गरीएको ६ लाख कित्ता र कम्पनीका संस्थापकले लगानी गरेको २१ लाख कित्ता गरी कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ।

सूचीकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ। नेप्सेले कम्पनीलाई कारोबारका लागि 'एसपीएचएल' संकेत प्रदान गरेको छ।  नेप्सेले कम्पनीको सेयर कारोबार गर्न ६४.९६ रुपैयाँदेखि १९४.८८ रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।