यातायात व्यवस्था विभागले सवारी कारवाहीबाट भदौ महिनामा ७ लाख रुपैयाँ राजस्व उठायो



बिजमाण्डू
२०७९ असोज २८ गते ०८:५४ | Oct 14, 2022


काठमाडौं। यातायात व्यवस्था विभागले सवारी कारवाहीबाट भदौ महिनामा ७ लाख रुपैयाँ राजस्व उठाएको छ। विभागले भदौ महिनाभरी नियम उल्लंघन गर्ने ७ सय २२ जनाबाट जरिवानाको ७ लाख ३२ हजार रुपैयाँ उठेको जनाएको छ।

Tata
Global Ime

विभागका प्रवक्ता इश्वरीदत्त पनेरुका अनुसार यो विभाग अन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारवाहीबाट उठेको राजस्व हो। विभागले हरेक महिना आन्तरिक रुपमा पनि सवारी चालकले गर्ने नियम उल्लंघनको बारेमा अनुगमन गर्ने गरेको पनेरु बताउँछन्।

विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालकहरु कारवाहीमा परेका छन्।

सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका ३ सय ७१ सवारीचालक कारवाहीमा परेका छन्।