इष्टर्न हाइड्रोपावरको आइपीओ खुल्यो, सर्वसाधारणको भागमा ६ लाख २३ हजार ३८९ कित्ता



बिजमाण्डू
२०७९ असोज २८ गते १०:४३ | Oct 14, 2022


इष्टर्न हाइड्रोपावरको आइपीओ खुल्यो, सर्वसाधारणको भागमा ६ लाख २३ हजार ३८९ कित्ता


काठमाडौं। इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका निमित्त प्राथमिक निष्कासन(आइपीओ) जारी गरेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गरेर बाँकी ५० हजार ३१० कित्ता र सर्वसाधरणका लागि छुट्याएको ६ लाख २० हजार कित्ता गरी कुल ६ लाख ७० हजार कित्ता आइपीओ जारी गरेको हो।

Tata
Global Ime

जसमा ५ प्रतिशत अर्थात् ३३ हजार ५ सय १५ कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत हुने १३ लाख ४ सय ६ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी हुन आउने ६ लाख २३ हजार ३८९ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीले केही अघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका बासिन्दाका लागि ६ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो। त्यसमा रीतपूर्वक आवेदन दिनेलाई ५ लाख ५९ हजार ६९० कित्ता बाँडफाँट गरेको हो।

उक्त आइपीओ निष्कासन छिटोमा कात्तिक १ गते बन्द हुने छ भने उक्त समय सम्म सर्वसाधरणबाट पर्याप्त आवेदन नपरे सो अवधि कात्तिक १४ गतेसम्मका लागि लम्बिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

आइपीओ मेरो सेयरका साथै नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय र संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ। आवेदन न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्मका लागि दिन सकिन्छ।