कुमारी बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गर्‍यो, १२.५ प्रतिशत नगद लाभांश दिने



बिजमाण्डू
२०७९ असोज ३० गते ०८:५९ | Oct 16, 2022


कुमारी बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गर्‍यो, १२.५ प्रतिशत नगद लाभांश दिने


काठमाडौं। एनसीसीसँग मर्जरको प्रक्रिया अघि बढाएको कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकोछ । 

Tata
Global Ime

बैंकले साढे १२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। कुमारी बैंक लाभांश स्वीकृत गराउने दोस्रो बाणिज्य बैंक बनेको छ। 

बैंकको लाभांश दर बढेको हो। पोहोर बैंकले ८.६७ प्रतिशत लाभांश दिएको थियो।

बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ। बैंकले साढे १२ प्रतिशत नगद नै दिने छ। 

बैंकले कायम चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँको साढे १२ प्रतिशतले हुन आउने एक अर्ब ८३ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो।

आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।