काठमाडौं। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा चार महिनापछि एउटा सामुहिक लगानी कोष (म्युचुअल फन्ड) थपिएको छ। बोर्डका अनुसार आरबीबी म्युचुअल फन्ड अन्तर्गत संचालित 'आरबीबी म्यूचुअल फन्ड-२' बोर्डमा अनुमतिका लागि आइपुगेको हो।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले सो म्यूचल फन्ड जारीका लागि लागि असोज १३ गते बोर्डमा आवेदन दिएको हो।
बोर्डबाट स्वीकृति पाएपछि यसले १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याउने छ। यो योजना बन्दमुखी हो।
यस अघि बोर्डको पाइपलाइनमा लक्ष्मी भ्यालु फन्ड-११ र एनएमबी हाइब्रिड फन्ड एल-११ ले इकाइ बिक्री तथा निष्कासनका लागि बोर्डमा आवेदन दिएका थिए।


