टीभीएस बाइकको एक्सचेञ्ज मेला: जुनसुकै ब्राण्डका बाइक बजार मूल्यभन्दा ७ हजार बढीमा एक्सचेञ्ज



बिजमाण्डू
२०७९ असोज ३१ गते ०९:०५ | Oct 17, 2022


टीभीएस बाइकको एक्सचेञ्ज मेला: जुनसुकै ब्राण्डका बाइक बजार मूल्यभन्दा ७ हजार बढीमा एक्सचेञ्ज


काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले 'टीभीएस ग्रेट ग्रान्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला' आयोजना गरेको छ।

Tata
Global Ime

सोमबारबाट सुरु भएको यो मेला कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ। यस मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन्।

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारीसाधन लिँदा बजार मूल्याङ्कन भन्दा सात हजार रुपैयाँ बढीको मूल्य पाउने छन्।

साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुटको पनि व्यवस्था छ। यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्युनतम २५ प्रतिशत डाउन पेमेन्ट र ४,२७७ रुपैयाँको मासिक इएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ।

यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन्।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल छ।