कुमारी बैंकले मर्जर र लाभांश प्रस्ताव पारित गर्न तोक्यो साधारणसभा, बुक क्लोज कात्तिक १४ मा



बिजमाण्डू
२०७९ असोज ३१ गते ०९:५३ | Oct 17, 2022


कुमारी बैंकले मर्जर र लाभांश प्रस्ताव पारित गर्न तोक्यो साधारणसभा, बुक क्लोज कात्तिक १४ मा


काठमाडौं। कुमारी बैंकले मर्जर कार्य र गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गर्न साधारणसभा डाकेको छ। कम्पनीको २२ औं साधारणसभा कात्तिक २१ गते बैंकको प्रधान कार्यालयमा हुने भएको छ।

Tata
Global Ime

बैंकले गत आवका लागि प्रस्ताव गरेको चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश सभाले अनुमोदन गर्ने एजेन्डा छ। यस्तै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन र वासलात नाफा नोक्सान बारे पनि छलफल हुनेछ।

विशेष प्रस्तावतर्फ सभाले मर्जरका लागि सञ्चालकले गठन गरेको समितिको कार्य अनुमोदन गर्ने, नयाँ मर्जर समिति बनाउने, डीडीए गराउने लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिँदैछ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौता भइसकेको छ। सम्झौता अनुसार बैंक बराबरी हैसियतमा गाभिँदै छन्।

साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले कात्तिक १४ गते बुक क्लोज गर्ने जनाएको छ। जस अनुसार कात्तिक १३ सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य मानिनेछन्।